सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दै छ । 

बैठक साँझ सवा ५ बजे बस्नेछ । समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रियाअगाडि बढाउने कार्यसूची छ । 

उक्त समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको हो । 

समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो २ देखि ४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेको छ । 

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिएका थिए । 

खबरपाटी
खबरपाटी