वर्ल्डलिंकले पनि बन्द गर्‍यो सूचीकृत नभएका सामाजिक सञ्जाल

वर्ल्डलिंकले पनि बन्द गर्‍यो सूचीकृत नभएका सामाजिक सञ्जाल

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गरेको छ । कम्पनीले आज बिहान प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचार, सर्वोच्च अदालतको परमादेश, नेपाल सरकार मन्त्रिपरिषद्‌को ९ भदौको मन्त्रिपरिषद्को निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका, २०८० अनुसार नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गरिएको कम्पनीले जनाएको छ ।

सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको छ । सरकारले हिजो सूचीकृत नभएका फेसबुक, युट्युब, एक्सलगायत समाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो । सो निर्णयअनुसार नेपाल टेलिकम र एनसेलले हिजो नै बन्द गरेको सूचना निकालेका थिए ।

खबरपाटी
खबरपाटी