मुस्ताङमा एक महिलामा डेंगु संक्रमण

मुस्ताङमा एक महिलामा डेंगु संक्रमण

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेंगु संक्रमण देखिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेंगु संक्रमण भएको हो।

डेंगु संक्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन्।

सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेंगु रोगको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.समिक्षा कँडेलले जानकारी दिइन्।

उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएकी छन्।

खबरपाटी
खबरपाटी