आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्यालेस्टाइनी विद्राेही समूह हमासको अपहरणपछि हालसम्म सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै युवाहरूले काठमाडाैंमा प्रदर्शन गरेका छन् ।
विपिनको अवस्था पत्ता लगाइ सकुशल नेपाल फर्काउन दबाब दिने उद्देश्यसहित आयोजित प्रदर्शनमा युवाहरू स्वतस्फूर्त रूपमा सहभागी भएका थिए । जोशीको अवस्था हालसम्म अज्ञात छ । उनको रिहाइका लागि नेपालले कूटनीतिक पहल गरे पनि त्यसबाट नतिजा निस्केको छैन ।
हाल हमासले युद्धविराम सम्झाैताका लागि बन्धक रिहा गर्न सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । विपिनको खोजीका लागि अहिले उनकी आमा र बहिनी इजरायल पुगेका छन् ।