नक्कली शरणार्थी प्रकरण- रायमाझी र खाणसहितको मुद्दामा सुनुवाइ जारी

नक्कली शरणार्थी प्रकरण- रायमाझी र खाणसहितको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदै छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमै पेसी परेको छ।

यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।  

यो मुद्दामा रायमाझी, पाण्डेसहित केही व्यक्ति थुनामा छन्। खाणसहितका केही भने बाहिरै बसेर मुद्दा लडिरहेका छन्।

उनीहरूविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोग लगाइएको छ।    

खबरपाटी
खबरपाटी