सर्लाहीमा कर्फ्यु आदेश जारी
२३ भदौ २०८०, शनिवार
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक रहेको बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवं शैक्षिक भवन निर्माणको आज शिलान्यास कार्यक्रममा मुख्यमन्त्री कँडेलले समयअनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए।
उनले भने, “हामी अझै पनि परम्परागत शिक्षण पद्धतिमा अडिएका छौँ जहाँ विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राख्छन् । अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सकिन्छ ।”