आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडाैं ।नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने चाहना राखेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्दैछिन् ।
काठमाडौंको बबरमहलस्थित कार्की व्याङक्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मदन भण्डारीको फोटो राखिएको छ । रातो ब्यानरमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद ! नेकपा एमाले जिन्दावाद !’ लेखिएको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।
साउन ६ गते नेकपा एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी रुष्ट बनेकी छिन् ।
एमालेले सदस्यता नवीकरण नगरेपछि उनले आफ्ना धारणा सार्वजनिक गर्न लागेकी हुन् ।