भक्तपुरमा सुर्खेतका दुई किशोरी मृत भेटिए

भक्तपुरमा सुर्खेतका दुई किशोरी मृत भेटिए

काठमाडौं । बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८, बोडे सिन्टिटारमा सुर्खेतका दुई किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

चक्रधर प्रजापतिको घरमा डेरा गरेर बस्ने सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का १५ वर्षीया सृजना कँडेल र १७ वर्षीया मेनुका कँडेल मृत भेटिएको डीएसपी न्यौपानेले बताए । उनीहरू दिदीबहिनी रहेको प्रहरीले जनाएको छ । 

कँडेल दिदीबहिनी बिहीबार बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको डीएसपी न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी