घुस डिलसम्बन्धी अडिओ परीक्षण गर्न अख्तियारले बोलायो निवर्तमान मन्त्री राजकुमार गुप्तालाई

घुस डिलसम्बन्धी अडिओ परीक्षण गर्न अख्तियारले बोलायो निवर्तमान मन्त्री राजकुमार गुप्तालाई

काठमाडौं । ७८ लाख रुपैयाँ ुघुस डिलु सम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्तालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ।

अख्तियारले निवर्तमान मन्त्री गुप्तालाई भ्वाइस परीक्षण गर्नका लागि बोलाएको हो।

ुनिवर्तमान मन्त्री गुप्तामाथि सोधपुछ गर्न र भ्वाइस परिक्षणका लागि मंगलबार बोलाउने तयारी भइरहेको छ,ु अख्तियार स्रोतले भन्यो, ुयो अनुसन्धानकै प्रक्रियाअन्तर्गत हो।ु

निवर्तमान मन्त्री गुप्ताले आफू भ्वाइस परीक्षण गर्न तयार रहेको बताउँदै आएका थिए भने सार्वजनिक भएको अडिओ आफ्नो नभएको दाबी उनको थियो।

घुस डिलसम्बन्धी अडिओमा मुछिएपछि मन्त्री गुप्ताले असार ३१ गते पदबाट राजीनामा दिएका थिए।


भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ुडिल गरेकोु अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए।

खबरपाटी
खबरपाटी