आदिकवि भानुभक्त आचार्यको दुई सय १२औँ जन्मजयन्ती आज :विविध कार्यक्रमको गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको दुई सय १२औँ जन्मजयन्ती आज :विविध कार्यक्रमको गरी मनाइँदै

काठमाडौं -नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय १२औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका र्र्थि। 

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको मानिन्छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन्। 

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का विरोधमा ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ लेखेका थिए। 

एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।

विसं १९२५ असोजमा आदिकवि आचार्यको निधन भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा पनि मनाइन्छ।

खबरपाटी
खबरपाटी