नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्त्व रहिरहन्छ : शिक्षामन्त्री पन्त

नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्त्व रहिरहन्छ : शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्त्व रही राख्ने बताएका छन् । आइतबार २१२ औँ भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले भानु जयन्ती मनाउनको मूल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरूलाई सम्झनु रहेको बताए । उनले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्त्व र ऐतिहासिकता रहने बताए ।

उनले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताए । भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गरेको उनले बताए । आफूले नेपाली भाषाको नेतृत्वको गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताए ।  भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उनी प्रति श्रद्धा अर्पण गर्नु रहेको बताए । 

मन्त्री पन्तले भने, ‘भानु जयन्ती मनाउनको मूल तात्पर्य के हो भने हामीले आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरूलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौँ, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्त्व र ऐतिहासिकता रहन्छ । हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न सक्दैनन्, उनीहरूले आफ्नो कालखण्डलाई नेतृत्व गर्दछन् । त्यो हरेक क्षेत्रमा हुन्छ, साहित्यमा पनि हुन्छ । भानुभक्त आचार्य आफ्नो कालखण्डमा साहित्यको पाटोलाई नेतृत्व गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई सम्झनु भनेको हामी नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु हो ।’


मन्त्री पन्तले विभिन्न भाषाहरू मर्दै गइरहेको समेत बताए । भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौती रहेको समेत बताए । (न्युज एजेन्सी नेपाल

खबरपाटी
खबरपाटी