आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखका समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिए।
सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ ।
बैठकले समितिको २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ। उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ।