अरनिको राजमार्ग अवरुद्ध: सडक खुलाउने प्रयास हुँदै

अरनिको राजमार्ग अवरुद्ध: सडक खुलाउने प्रयास हुँदै

काठमाडौं - सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारीमा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार (असार २६) बिहान करिब ५ बजे उक्त स्थानमा पहिरो खसेको थियो । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोसी–२ कै दशकिलोमा पनि अरनिको राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा बिहान ९ः२० बजे बाटो एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी