त्रिविका नवनियुक्त उपकुलपति प्रा. डा. अर्यालले लिए पद तथा गोपनीयताको शपथ

त्रिविका नवनियुक्त उपकुलपति प्रा. डा. अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले अर्याललाई शपथ गराउनुभएको हो । शपथ कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पनि सहभागी हुनुहुन्थ्यो ।
कुलपति ओलीले उपकुलपतिमा सिफारिश भएकामध्येबाट डा। अर्याललाई आज नियुक्त गर्नुभएको थियो ।

खबरपाटी
खबरपाटी