सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु

काठमाडौँ – सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु भएको छ। 

अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच वार्ता भइरहेको हो।

बैठकमा स्वास्थ्यसचिव डा. विकास देवकोटा, संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा.सञ्जीव तिवारीलगायतको सहभागिता छ।

सरकारले औपचारिकरुपमा आन्दोलनरत चिकित्सकलाई अहिले वार्तामा भइरहेको हो। केही सातायता उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलित भएका हुन्। 

खबरपाटी
खबरपाटी