बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न सुरक्षा समिति र विपद् प्राधिकरणको बैठक बस्दै

बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न सुरक्षा समिति र विपद् प्राधिकरणको बैठक बस्दै

काठमाडौँ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा हुनेछ। 

सोमबार राति आएको बाढीका कारण १८ जना बेपत्ता भएका छन्। साथै, बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा यसअन्तर्गतका परियोजनाबाट उत्पादन भइरहेको करिब २०० मेगावाट विद्युत् बन्द भएको छ।

खबरपाटी
खबरपाटी