इसराइल र इरान युद्धविराम गर्न सहमत: राष्ट्रपति ट्रम्प

इसराइल र इरान युद्धविराम गर्न सहमत: राष्ट्रपति ट्रम्प

१२ दिनदेखि जारी युद्ध अन्त्य गर्न इसराइल र इरान सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘इसराइल र इरानबिच पूर्ण युद्धविराम गर्ने सहमति भएको छ।’

तर युद्धविराम घोषणा हुन केही समय लाग्ने पनि उनले जनाएका छन्। जारी रहेका सैन्य गतिविधिहरू फिर्ता गरिसकेपछि दुई मुलुकले युद्धविराम गर्ने उनले दाबी छन्।

इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर मिसाइल प्रहार गरेको केही घन्टामा उनले यो युद्धविरामबारे सामाजि सञ्जालमा लेखेका हुन्।

अमेरिकालाई सूचना दिएरै इरानले आफ्नो सैन्य अखडामा ती मिसाइल आक्रमण गरेको पनि ट्रम्पले दाबी गरेका छन्। इरानले हानेका १४ मध्ये १३ मिसाइल झारिएको र कुनै पनि अमेरिकी सैनिकलाई कुनै चोटपटक नलागेको राष्ट्रपति ट्रम्पले दाबी गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

इरानले अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गर्नुअघि नै युद्धविरामका लागि सहमत भएको आकलन गरिएको छ। अमेरिकाले आफ्ना आणविक केन्द्रहरूमा गरेको आक्रमणको बदलामा आफूले पनि अमेरिकी सैन्य अखडामा प्रहार गरेको भन्ने आफ्ना नागरिकलाई देखाउन मात्रै इरानले ती मिसाइल प्रहार गरेको आकलन गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार उपराष्ट्रपति जेडि भान्सले ‘युद्ध सकिने देखिएको र साँचो शान्ति प्रक्रियाको सुरुवात गर्ने अवसर आएको’ बताएका छन्।

तीन जना कूटनीतिज्ञलाई उद्धृत गर्दै टाइम्सले कतारले युद्धविरामका लागि भूमिका खेलेको जनाएको छ।

खबरपाटी
खबरपाटी