अर्थमन्त्री पौडेलले रुपन्देहीमै बजेट बाँडफाँड गरिरहेको अमनलाल मोदीको आरोप

अर्थमन्त्री पौडेलले रुपन्देहीमै बजेट बाँडफाँड गरिरहेको अमनलाल मोदीको आरोप

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गरेका छन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो प्रश्न गरेका हुन्।

उनले शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरू अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाए। 

उनले भने, ‘आज उहाँ संसदमा हुनुहुन्न। उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन्। अरु मन्त्रालयबाट झन के होला ? कर चाँही सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने धारणा राखे।

खबरपाटी
खबरपाटी