बर्दियामा भारी वर्षा, बबई नदीमा जलसतह सतर्कता तहनजिक

बर्दियामा भारी वर्षा, बबई नदीमा जलसतह सतर्कता तहनजिक

काठमाडौं । बर्दियामा भारी वर्षा भएको छ । वर्षाका कारण बाढीसमेत आएको छ ।  

जिल्लाका बबई नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

गएराति बर्दियाका दौलतपुर, बर्गादही, राम्भापुर, रानिजरुवा र  कुम्रा गाउँ वर्षामापन केन्द्रमा भारीदेखि अति भारी वर्षामापन गरिएको थियो । 

खबरपाटी
खबरपाटी