दाङको राप्ती नदीमा फसेकी एक बालिकाको सकुशल उद्धार

दाङको राप्ती नदीमा फसेकी एक बालिकाको सकुशल उद्धार

काठमाडौ - दाङको देउखुरी स्थित राप्ती नदीमा फसेकी एक बालिकाको सकुशल उद्धार गरिएको छ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी १३ वर्षिय रेजिना खड्कालाई प्रहरीले शुक्रबार विहान १०स्३० बजे सकुशल उद्धार गरेको हो।

राप्ती नदीमा दाउरा टिप्न गएकी बालिका लामो समयसम्म नदीमा फसेपछि राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतको टिमले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरीको टोलीले ती बालिकाको सकुशल उद्धार गरेको हो।

खबरपाटी
खबरपाटी