रास्वपा सांसदद्धारा आज पनि प्रतिनिधिसभा बैठकमा वेल घेराउ

रास्वपा सांसदद्धारा आज पनि प्रतिनिधिसभा बैठकमा वेल घेराउ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले बिहीबार (असार ५) पनि प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । बैठक सुरु हुनसाथ उनीहरू सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका हुन् ।

रास्वपा सांसद हरि ढकालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन (विरोध) जारी रहने बताए । भिजिट भिसा प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा सांसदले केही दिनयता विरोध गरिरहेका छन् ।

खबरपाटी
खबरपाटी