प्रतिनिधिसभाको बैठकमा माओवादीले खोज्यो निजामती विधेयक

प्रतिनिधिसभाको बैठकमा माओवादीले खोज्यो निजामती विधेयक

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीले निजामती विधेयकको खोजी गरेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पारित भएर संसद् पुगेको विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको भन्दै माओवादीले आपत्ति जनाएको हो ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल विधेयक ल्याउन आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि सचिवहरुकाले संयुक्त राजीनामा दिन्छौँ भन्ने विरोध गरेपछि विधेयक रोकिएको बताउँदै तत्काल ल्याउन अनुरोध गरे ।

“२५ जना सचिवले राजीनामा दिए नयाँ आउँछन् । धम्कीको भरमा यस्तो निर्णय गर्न खुट्टा कमाउनु हुँदैन,”पाण्डेले भने ।

यता राप्रपाका सांसद ज्ञानबहादुर शाहीले भने आजको बैठक पनि बहिस्कार गर्ने बताए ।

खबरपाटी
खबरपाटी