आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । तीनकुने आन्दोलनका आरोपीको रूपमा मुद्दा चलाइएका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सकिएको छ । न्यायाधीश शिवप्रसाद खनालले आजै थुनछेक आदेशको तयारी गरेका छन् ।
गत चैत १५ गते पक्राउ परेका राणा उमेर र स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए । उनी प्रहरीले अभियोजन गर्दा अदालतमा उपस्थित भएका थिएनन् । आज उनी बयानका लागि उपस्थित भएका हुन् ।
राणाको बयानपछि बहस भएको थियो । उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरे । यस्तै सरकारी पक्षबाट ४ जना वकिलहरुले बहस गरेका थिए ।
राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालत उपस्थित भएका छैनन् । उनी पनि चाँडै अदालत आएर बयान दिन सक्ने बताइएको छ ।