जर्मनीबाट भारतको हैदराबाद आइरहेको विमानमा प्राविधिक गडबडी, फर्कियो बीच बाटोबाटै

जर्मनीबाट भारतको हैदराबाद आइरहेको विमानमा प्राविधिक गडबडी, फर्कियो बीच बाटोबाटै

आइतवार जर्मनीको फ्य्रांकफर्टबाट भारतको हैदराबादतर्फ आइरहेको लुफ्‌थान्साको विमान प्राविधिक गडबडी देखिएपछि बीच बाटोबाटै फर्किएको दी इन्डियन एक्सप्रेसले खबर दिएको छ ।

कस्तो किसिमको गडबडी भएको हो भनी खुलाइएको छैन ।

राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले विमान केही बेर उडेपछि फ्य्रांकफर्टतर्फै फर्किएको सन्देश पाएका थिए ।

फ्‌लाइटअवेयर डट्कम वेबसाइटका अनुसार, उडान नं एलएज७५२ फ्य्रांकफर्टबाट अपराह्‌न सबा २ बजे उडेको थियो र त्यो विमान सोमवार बिहान ६ बजे हैदराबादमा अवतरण गर्ने अपेक्षा थियो ।

उक्त वेबसाइटका अनुसार, त्यो विमान बोइङ ७८७–९ ड्रीमलाइनर हो ।

भारतको अहमदाबादमा बिहीवार विमान दुर्घटनामा परेर २७० जनाको ज्यान गएपछि विमानचालकहरूले सावधानी अपनाउन थालेका छन् ।

खबरपाटी
खबरपाटी