आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शिक्षकहरुका जायज मागलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरुसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले शिक्षकहरुको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । शिक्षक, प्राध्यापकका जायज मागहरुलाई पुरा गराउनका लागि आफुले पनि सक्दो पहल गर्ने उनले बताए ।
सभापति देउवाले बिद्यार्थीहरुको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरुलाई सहज नरहेको उल्लेख गरे ।
त्यस्तै, सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने बिद्यार्थीको संख्या कम भएको उल्लेख गरे ।