नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । उनी यसअघि नबिल बैंककै कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

बिहीबार (जेठ २२)देखि लागु हुने गरी आजै बसेको सञ्चालक समितिको बैठकबाट आउँदो चार वर्षका निम्ति ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

खबरपाटी
खबरपाटी