हेल्प नेपाल स्पोट्स क्लबले नवौँ प्रधानमन्त्री एनभिए कप पुरुषतर्फको उपाधि जित्यो

हेल्प नेपाल स्पोट्स क्लबले नवौँ प्रधानमन्त्री एनभिए कप पुरुषतर्फको उपाधि जित्यो

काठमाडौं : पहिलो र दोस्रो सेट गुमाएर दबाबमा परेको टिपटप हेल्प नेपाल स्पोट्स क्लबले उत्कृष्ट पुनरागमन गर्दै नवौँ प्रधानमन्त्री एनभिए कप पुरुषतर्फको उपाधि जितेको छ।

हेल्प नेपालले बिहीबार पोखरा रङ्गशालाको कभर्ड हलमा भएको फाइनलमा गण्डकी प्रदेशलाई २५–२०, २७–२५, २५–२२, २५–१४ र १५–८ ले हरायो। हेल्प नेपालले आठ लाख र उपविजेता गण्डकी प्रदेशले चार लाख पुरस्कार पाए।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोट्स क्लबलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ हराएर हासिल गर्यो। पुलिसले आठ लाख र न्यु डायमन्डले चार लाख रुपियाँ पुरस्कार पाए। 

नेपाल पुलिस क्लब पुरुषतर्फ तेस्रो भएको छ। पुलिसले त्रिभुवन आर्मी क्लबलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले हरायो। महिलातर्फ थाइल्यान्डका तीन खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई २५–१८, १०–२५, २५–१३, २९–२७ ले हराएर ते स्रो स्थान हासिल गर्यो‍। प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ टिम सहभागी थिए। 

प्रतियोगितामा महिलातर्फ उषा भण्डारी (नेपाल पुलिस क्लब) र पुरुषतर्फ बुयाराम राजा (हेल्प नेपाल) सर्वोत्कृष्ट खेलाडी बने। 

पुलिस र न्यु डायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमा छनोट भएका छन् भने पुरुषतर्फको विजेता हेल्प नेपालले माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ। 

 

खबरपाटी
खबरपाटी