युईएफा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब चेल्सीले जित्यो

युईएफा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब चेल्सीले जित्यो

काठमाडौं : युईएफा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ। 

पोल्यान्डमा गएराति सम्पन्न फाइनलमा स्पेनिस क्लब रियाल बेटिसलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो।

पहिलो हाफमा १ गोलले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको चेल्सीले दोस्रो हाफमा शानदार प्रदर्शन गरेको थियो। 

युवा स्टार कोल पाल्मरले सानदार प्रदर्शन गरेपछि चेल्सी च्याम्पियन बनेको हो। खेलअघि दुबै क्लवका समर्थकबीच झडप हुँदा प्रहरीले बल प्रयोग गर्नु परेको थियो।

खेलको नवौं मिनेटमा बेटिसका लागि अब्दे एजल्जुलीले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सी निराश देखिएपनि दोस्रो हाफमा भने पूर्णरूपमा हावी भयो।

दोस्रो हाफमा कोल पाल्मरले पाँच मिनेट भित्र दुई उत्कृष्ट असिस्ट गरेपछि चेल्सीले कमब्याक गर्यो। ६०औं मिनेटमा पाल्मरको पासमा इन्जो फर्नान्डेजले गोल गरे।

७०औं मिनेटमा पाल्मरकै सहयोगमा निकोलस ज्याक्सनले गोल गरेपछि चेल्सीले अग्रता बनायो। ८३औं मिनेटमा जाडोन सान्चो र अतिरिक्त समयको पहिलो मिनेटमा मोइसेस काइसिडोले गोल गरेपछि चेल्सी ४–१ को जित सहित च्याम्पियन बन्यो।

२३ वर्षीय पाल्मर प्लेयर अफ द म्याच घोषित भए। यस जितसँगै चेल्सी युएफाका सबै तीन प्रमुख क्लब प्रतियोगिता जित्ने पहिलो क्लब बनेको छ।

चेल्सीले यसअघि २–२ पटक च्याम्पियन्स लिग र युरोपा लिग जितिसकेको छ।  चौथों स्थामा प्रिमियर लिग समाप्त गरेको चेल्सीले यस अघिनै आगामी सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाइसकेको छ।

खबरपाटी
खबरपाटी