गृहममन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्ने तयारीमा प्रतिपक्षी दलहरू

गृहममन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्ने तयारीमा प्रतिपक्षी दलहरू

काठमाडौं । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा मार्गप्रशस्त गर्न उनीहरूले आग्रह गरेका हुन् । 

माओवादीका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएको समाचार आइरहेको बताए । उनले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।

राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुस्,” उनले भने । 

उनले राजीनामा नदिए सदनको कारबाही अघि बढ्न नदिने चेतावनीसमेत दिए ।

खबरपाटी
खबरपाटी