आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर

काठमाडौँ । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।

मूल सडकको बिच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज(फ्लाइओभर)मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला(टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।


यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ ।

खबरपाटी
खबरपाटी