लाहोरले जित्यो पिएसएलको उपाधि

लाहोरले जित्यो पिएसएलको उपाधि

काठमाडौं । लाहोर क्वालन्दर्सले पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को उपाधि जितेको छ। 

लाहोरमा भएको उपाधि भिडन्तमा क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै लाहोर च्याम्पियन बनेको हो। 

क्वेटाले दिएको २०२ रनको लक्ष्य लाहोरले अन्तिम खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। 

लाहोरको जितमा कुशल परेराले ३१ बलमा नटआउट ६२ रन र शिकन्दर राजाले ७ बलमा २ चौका र २ चौका प्रहार गर्दै नटआउट २२ रन जोडे। 

मोहमद नइमको ४६ रन र अब्दुल्लाह शाफिक्वीले ४१ रन बनाउँदा लाहोर जिततर्फ अघि बढेको थियो। 

त्यसअघि क्वेटाले हसन नवाजको ७६ रनको मद्दतमा २० ओभरमा ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। बलिङमा लाहोरका शाहीन शाह अफ्रिदीले ३ विकेट लिएका थिए। 

हसन नवाज सिजनको उत्कृष्ट खेलाडी घोषित भए। 

खबरपाटी
खबरपाटी