आइडिया स्टुडियो नेपालद्वारा आयोजित “कलेजआइडिया हन्ट २०२५” सम्बन्धी पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न भयो।कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू, सफल उद्यमीहरू तथाआयोजक संस्थाका पदाधिकारीहरूले कलेज आइडिया हन्टको उद्देश्य, महत्व र यसले सिर्जना गरिरहेको प्रभावबारे धारणा राखेका थिए।
कार्यक्रमको सुरुवातमा आइडिया स्टुडियो नेपालका बिजनेस डेभलपमेन्टडाइरेक्टर अनिल बस्नेतले कलेज आइडिया हन्ट (सीआईएच) को उद्देश्यबारेजानकारी गराउँदै सामुदायिक र निजी गरी १५ वटा कलेजमा स्थापनागरिएको इन्क्यूबेसन सेन्टर, फ्याकल्टी डेभलपमेन्ट, करिकुलम रिभिजिट र‘एकेडेमिक च्याम्पियन’ अन्तर्गत सुरु गरिएको नलेज एन्ड ट्यालेन्ट हबबारेबताए। उनले अन्तर्राष्ट्रिय साझेदारी अन्तर्गत जापानको इसिजाका, फोर्थभ्याली र बार्सिलोना स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र “प्रतिभाडबली” कार्यक्रममार्फत विद्यार्थी संलग्नताको चर्चा गरे।
बस्नेतले ले २०१७ देखि २०२४ सम्म सीआईएचमा १३०० भन्दा बढी आइडियाप्राप्त भइसकेको, ४०० भन्दा बढी कलेजमार्फत ७००० भन्दा बढी विद्यार्थी रयुवाहरूमा कार्यक्रमले पहुँच पुर्याएको जानकारी दिए। आवेदन प्रक्रिया मे२५ देखि सुरु भएको उनले बताए। सफल उद्यमीको रूपमा दीगो नेपाल रस्किल सेवा जस्ता सफल व्यवसायको उदाहरण सुनाए।
काठमाडौं मोडल कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले युवाहरूलाई बिजनेसवातावरणमा संलग्न गराउन यस्ता प्लेटफर्महरू आवश्यक रहेको बताए।उनले केएमसीका दुई विद्यार्थी सीआईएचका विजेता भएको उल्लेख गर्दैप्लस टुदेखि मास्टर्स लेभलसम्मका विद्यार्थीका लागि यो कार्यक्रम निकैउपयोगी भएको बताए। एमआईटी र आइएसएनबीचको कोलाबोरेसन रकेएमसीको पूर्ण समर्थन रहेको जानकारी गराए।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. माहानन्दचालिसेले विभिन्न कलेजहरूसँग आइएसएनको कोलाबोरेसनबारे जानकारीदिए। बीबीएस कार्यक्रममा अध्ययनरत १.७ लाख विद्यार्थीमध्ये २०प्रतिशतले पनि बिजनेस सुरु गर्न सकेमा देशको इकोनोमी र सोसाइटीमाठूलो इम्प्याक्ट पर्ने उनले बताए। “कन्टेन्ट टु कन्टेक्स्ट” को अवधारणाबारेबोलेका उनले गिग इकोनोमीको भविष्यबारे पनि चर्चा गरे। होटल म्यानेजमेन्टपढ्ने विद्यार्थीका लागि सोही सन्दर्भमा तालिम दिने योजना पनि सुनाए।
स्कूल अफ म्यानेजमेन्ट (सोमटीयू) का डाइरेक्टर डा. गोविन्द तामाङलेकरिकुलम रिभिजिट, फ्याकल्टीलाई मेन्टरको रूपमा र स्टुडेन्ट्सलाई स्टुडेन्टकन्सल्टेन्ट बनाउने कामबारे बोले। उनले हरेक क्याम्पसमा इन्क्यूबेसनआवश्यक रहेको र इकोसिस्टम जेनेरेशनका लागि यस्तो कार्यक्रम जरुरीरहेको बताए। सोमटीयूमा आइएसएनसँगको सहकार्यमा इम्प्याक्ट क्याफेखोल्ने तयारी भएको, बार्सिलोना स्कूल अफ म्यानेजमेन्टसँग मिलेर दिगोबिकासमा पोस्ट ग्राजुएट कोर्स सुरु गर्न लागिएको र फोर्थ भ्यालीसँगकोसहकार्यमा जापानी कल्चर र इकोनोमिक सेक्टरहरू बुझ्ने अवसर प्राप्तभइरहेको जानकारी दिए। साथै, आइएसएन र नबिल एसएसईकोकोलाबोरेसनमा स्टार्टअप भ्यालिडेसन र इन्टरप्रेनरशिप सपोर्ट कार्यक्रमबारेपनि उल्लेख गरे।
रे मिनी स्कुटरकी को(फाउन्डर अराधना ओझाले इन्जिनियरिङ्गपृष्ठभूमिबाट भए पनि सीआईएचमा सहभागिता जनाएर आफूले इनोभेसन, कानुन र गभर्नमेन्ट पोलिसीबारे सिक्न पाएको अनुभव सुनाइन्। उनले“आइडिया कहिल्यै मर्दैन” भन्दै आफू अहिले एम्प्लिफाइ डिजिटल र रेमिनीस्कुटर सञ्चालन गरिरहेकी बताइन्। उनी नबिल एसएसईको गोल्डेन टिकेटहोल्डरसमेत भएकी हुन्।
स्टिच परफेक्ट (ह्यान्डमेड विथ लभ) की फाउन्डर अश्मिता खम्बुले बीबीएसअध्ययनकै क्रममा सुरु गरेको क्रोशेट र निटिङ्गको काम अहिले १५ जनालाईरोजगारी दिन पुगेको बताउँदै आत्मविश्वास र पब्लिक स्पिकिङ्गमा सुधारआएको अनुभव सुनाइन्। उनले आइडिया स्टुडियोलाई नेटवर्किङ्गअपोर्च्युनिटी दिएकोमा धन्यवाद दिइन्।
कार्यक्रममा आरभीएम कोल्डका फाउन्डर जोसेफ श्रेष्ठले आइएसएनलेइन्टरप्रेनरियल माइन्डसेट प्रवर्द्धन गरेको बताए। एमआईटीका को(फाउन्डररामकृष्ण दाहालले आइटी सेक्टरको महत्व, अष्ट्रेलियाको सीआरसी मोडलर एमआईटीले दिएको कोर्सबारे जानकारी गराए।
अन्त्यमा, आइएसएनका एक्जिक्युटिभ चेयरपर्सन डा. छिरिङ लामा “नलेजबेस्ड इनोभेसन” को महत्त्वबारे बोले। उनले आइएसएन र त्रिवि बीचकोसाझेदारी र हालैको एमआईटीसँगको कोलाबोरेसनबारे जानकारी दिए।“कन्टेन्टलाई कन्टेक्स्टमा लगेर मात्रै समाजमा प्रभाव पार्न सकिन्छ” भन्नेधारणा राख्दै उनले कार्यक्रमका सबै एकेडेमिक च्याम्पियनहरूलाई धन्यवाददिए।
कलेज आइडिया हन्ट २०२५ ले नेपाली युवाहरूलाई आफ्ना आइडियालाईबिजनेसमा रूपान्तरण गर्ने अवसर दिँदै आएको छ। पत्रकार सम्मेलनमासहभागी वक्ताहरूले यस्तो कार्यक्रमले देशको इकोनोमिक र सामाजिकप्रभाव बढाउने कुरामा जोड दिएका थिए।