साफ महिला क्लब च्याम्पियनसिप नेपालमा आयोजना हुने

साफ महिला क्लब च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौं । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ।

काठमाडौंमा भएको दक्षिण एसियाली फुटबल महासंघ साफको कंग्रेस अन्तर्गत कार्यसमिति बैठकले साफ महिला क्लब च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।

प्रतियोगिताबारे अन्तिम निर्णय हुन बाँकी छ। प्रतियोगिताको फर्म्याटबारे अन्तिम निर्णय नभए पनि प्रतियोगिता भने हुने निश्चित भएको साफका महासंघका महासचिव पुरुषोत्तम कट्टेलले बताए।

साफले दक्षिण एसियाली फुटबलको स्तर बढाउन कम्तीमा ११ प्रतियोगिता प्रस्ताव गरेको छ। त्यसमा पुरुष र महिलाको फुटसलदेखि स्कुल प्रतियोगितासम्मको योजना रहेको छ। कंग्रेसमा दक्षिण एसियाका सात देशको सहभागिता रहेको थियो।

यसै कंग्रेसमार्फत साफले आफ्नो इतिहासमै पहिलो महिला कार्यकारी सदस्य नियुक्त गरेको छ। भुटान फुटबल महासंघकी जिम्बिरी निर्विरोध निर्वाचित भएकी हुन्।

महासंघको गतिविधिलाई थप पारदर्शी बनाउने प्रयासस्वरूप यस पटक सम्पूर्ण कंग्रेस अवधिभर सञ्चारकर्मीहरूको उपस्थिति सुनिश्चित गरिएको थियो।

यस्तै महासचिवको प्रतिवेदन स्वीकृति गरिएको छ भने २०२४ को वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन तथा बजेट समेत स्वीकृति

खबरपाटी
खबरपाटी