लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।


शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । 

आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।

आदेशको शिर खण्ड ुकु चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।

खबरपाटी
खबरपाटी