रोयल च्यालेन्जर्सको हारपछि बदलियो आइपिएलको प्लेअफको समीकरण

रोयल च्यालेन्जर्सको हारपछि बदलियो आइपिएलको प्लेअफको समीकरण

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (९आईपीएल) मा लिग चरणका अब ५ खेल मात्र बाँकी छन् । प्लेअफका लागि चार टोलीको टुंगो लागेको छ, तर प्लेअफको समीकरण भने हरेक खेलपछि परिवर्तन भइरहेको छ ।


शिर्ष दुई स्थानमा रहने टिम फाइदामा रहने हुनाले पनि प्लेअफको यो भिडन्त हरेक दिन रोचक बन्दै गएको छ ।


शुक्रबार, सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४२ रनले पराजित गरेपछि फेरी एक पटक प्लेअफको समीकरण बदलिएको छ ।


यो हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु अंकतालिकामा तेस्रो स्थानमा झरेको छ । 


बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ र नेट रनरेटमा पञ्जाव किंग्स भन्दा पछि परेपछि तेस्रो स्थानमा झरेको छ । साथै अब बैंगलुरुलाई शिर्ष दुई स्थानमा रहन मुश्किल हुने देखिएको छ । बैंगलुरुले अब शीर्ष २ मा पर्न मे २७ मा लखनउविरुद्धको अन्तिम खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ भने अन्य खेलको नतिजामा भरपर्नु पर्ने भएको छ ।


रोयल च्यालेन्जर्सको हारपछि अब शिर्ष दुई स्थानमा गुजरात टाइटन्स र पञ्जाव किंग्स रहने देखिएको छ भने रोयल च्यालेन्जर्स र मुम्बई इण्डियन्स तेस्रो र चौथो स्थानमा हुनसक्ने देखिएको छ । तर पनि आगामी खेलहरुको नतिजापछि समीकरण फेरी पनि बदलिने सम्भावना कायमै रहेको छ ।


आईपीएलले फाइनलमा पुग्न प्लेअफ प्रणाली अपनाउँछ, जहाँ शीर्ष २ स्थानमा रहने टोलीहरूले क्वालिफायर(१ मा एकअर्कासँग खेल्छन्। यो खेलको विजेता फाइनलमा पुग्छ भने हार्ने टोलीलाई फाइनलमा पुग्ने अर्को मौका मिल्छ ।


तेस्रो र चौथो स्थानमा रहेका टोलीहरू बीच एलिमिनेटर हुन्छ, यो जित्ने टोलीले क्वालिफायर(१ को हार्ने टोलीसँग क्वालिफायर(२ मा सामना गर्छ । एलिमिनेटर हार्ने टोली बाहिरिनेछ । टोलीहरू फाइनल पुग्ने राम्रो सम्भावनाको लागि शीर्ष(२ मा रहन चाहन्छन् ।

खबरपाटी
खबरपाटी