लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र

लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नेपाल विद्युत् प्राधिकरणलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले जनाएका छन् ।


नेपालीका अनुसार नेपालको ऊर्जा क्षेत्रमा बिचौलियाहरूको प्रवेश लाई सहज हुने गरी बनाइएका नीति नियमहरू खारेज गर्नुपर्ने, अघोषित लोडसेडिङ गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने काम बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरण बन्द गर्नुपर्ने लगायत छन् । बहुमतले आफुले उठाएका कुराहरुलाइ तत्कालै सुनुवाई गर्न आग्रह समेत गरेको छ ।  

खबरपाटी
खबरपाटी