देउवालाई राजावादीसँग जाडेर आएको समाचारप्रति कांग्रेसको आपत्ति

देउवालाई राजावादीसँग जाडेर आएको समाचारप्रति कांग्रेसको आपत्ति

काठमाडौं । राजावादीसँग पार्टी सभापति शेरबहादुर देउवालाई जोडेर आएका समाचारप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । ‘देउवाले हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश पठाएको’ भनि एक अनलाइन सञ्चार माध्यममा आएको समाचारप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले उक्त समाचार अनैतिक र घोर आपत्तिजनक भएको बताएको छ ।


“नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ”, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”

जारी विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवा लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको बताइएको छ ।

“ऐतिहासिक जनआन्दोलन २०६२र६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति श्री देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

खबरपाटी
खबरपाटी