थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी महिला ट्वान्टी–२० विश्वकप  एसिया छनोटको सुपर–३ अन्तर्गत अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनायो।

थाइल्यान्डका लागि नान्नापात कोन्चारोएनकाइले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ८ चौकाको मद्दतले ५० रन बनाइन्। 


नटाया बुचथमले पनि संयमित पारी खेल्दै ४२ बलमा ५ चौकाको सहयोगमा ५० रनको योगदान गरिन्। अपिसारा सुवान्चोराथीले २९ रन जोडिन भने नथ्थकन चन्थम १५ रनमा अविजित रहिन्।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान १(१ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
 

खबरपाटी
खबरपाटी