लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा

लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको पेसी आज पनि तोकिएको छ ।

आज यो रिटको पेसी न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा तोकिएको छ ।


यस अघि यो रिट ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । यस रिटमा सोमबार लामिछानेका पक्षबाट बहस गर्ने वकिल न्यायाधीशका नातेदार परेपछि न्यायाधीशले आजको पेशी हेर्न नमिल्नेमा राखेका थिए । 


रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकाननुी थुनामा राखिएको जिकिरसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । लामिछाने हाल उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् ।

खबरपाटी
खबरपाटी