कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो

कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो

काठमाडौं । कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा दुर्घटनाग्रस्त भएको छ ।

झापाबाट विराटनगर जाने क्रममा दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू नेकपा एमालेका सांसदद्वय नम्बरलाल धिमाल र राधाकृष्ण खनाल, नेपाली कांग्रेसकी मैया श्रेष्ठ र एकीकृत समाजवादीकी विद्या चाम्लिङ सवार थिए ।


उनीहरू सवार गाडीलाई एकजना डीएसपीले हाँकेको अर्को कारले ठक्कर दिएको खुलेको छ ।

इटहरीबाट झापातिर गइरहेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आइरहेको बीएइ १४०६ नम्बरको चारजना सांसदहू सवार अर्को गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।


सांसदहरू सवार गाडीलाई ठक्कर दिने कार जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले हाँकेको खुलेको छ।

यता सांसदहरू सवार गाडीलाई झापाको दमक नगरपालिका(१ निवासी का ४० वर्षीय भेषराज श्रेष्ठले हाँकिरहेका थिए । उक्त दुर्घटनामा दुवैतर्फ मानवीय क्षति भएको छैन ।

तर दुवै सवारीसाधानमा भने ठूलो क्षति पुगेको छ । सांसदहरू सवार गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।

खबरपाटी
खबरपाटी