थाइल्याण्ड विश्वकपको ग्लोबल छनोटमा, नेपाल र यूएई निर्णायक मोडमा

थाइल्याण्ड विश्वकपको ग्लोबल छनोटमा, नेपाल र यूएई निर्णायक मोडमा

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीको पहिलो खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराएको छ । योसँगै आयोजक थाइल्याण्डले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । 

अब बाँकी एक स्थानका लागि नेपाल र यूएईबीच सोमबार हुने खेल निर्णायक बनेको छ । मंगलबार दुवै टोली जित्नैपर्ने दबाबमा हुने छन् । 

यूएईलाई हराएमा नेपाल एक खेल बाँकी रहँदै ग्लोबल छनोटमा पुग्नेछ । तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त हुने छैन । 

हाल यूएईको ६ र नेपालको ५ अंक छ । यदि सोमबारको खेल वर्षाका कारण रद्द भएमा नेपालको ६ अंक हुनेछ । त्यसपछि ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराउनै पर्ने समीकरण बन्ने छ ।  

खबरपाटी
खबरपाटी