टेरामक्स घोटला प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेरामक्स घोटला प्रकरण :  पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । टेरामक्स घोटला प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध आज बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो। 


तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित अन्य १६ जना तथा कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ।


कोकोविरुद्ध दायर भयो मुद्दा?
अन्य मुद्दा दायर भएकाहरूमा दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरू छन्। 


मोहनबहादुर बस्नेत
तत्कालीन अध्यक्ष दिगम्बर झा
धनराज ज्ञवाली
टीका प्रसाद उप्रेती


तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल
प्राधिकरणका निर्देशक विजय कुमार राय
उपनिर्देशक रेवती राम पन्थ
उपनिर्देशक सुरेश  बस्नेत
उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी
उपनिर्देशक अच्युतानन्द मिश्र
निर्देशक सुरेन्द्रलाल हाडा
निर्देशक दिपेश आचार्य
उपनिर्देशक संदिप अधिकारी
परामर्शदाता जमाल अनौती 
एजेन्ट दिलीपकुमार गुरुङ
तेजप्रसाद खरेल 

खबरपाटी
खबरपाटी