नागढुङ्गामा इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

नागढुङ्गामा इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

काठमाण्डौ । प्रहरीले काठमाण्डौको नागढुङ्गामा इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

हिजो नागढुङ्गाको सडकमा ट्राफिक इन्स्पेक्टर जीतेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका थिए । घटनाबारे छानबिन गर्न एसपी पदमबहादुर विष्टको नेतृत्वमा समिति गठन गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ९एसएसपी० शेखर खनालले जानकारी दिनुभयो ।

समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी र जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सदस्य छन् । कुट्ने र कुटाइ खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाएको खनालले बताउनुभयो ।

जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको इन्स्पेक्टरले आफ्नो कमान्डमा जानकारी गराएका छन् ।

खबरपाटी
खबरपाटी