काठमाडौं ।साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ।
समूह बीमा रहेको नेपालले आज प्रतियोगिताको पहिलो खेल भारतको युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल्नेछ।
खेल नेपाली समयानुसार ७ः४५ मा सुरु हुनेछ।
राम थापाको कप्तानीमा रहेको यस टिमले आज श्रीलंकालाई हराएमा १ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
समूह बी अन्तर्गतको पहिलो खेलमा घरेलु टिम भारतले श्रीलंकालाई ८–० ले पराजित गरिसकेको छ।
नेपाली यू–१९ टिम
गोलकिपर : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया
डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का
मिडफिल्डर : कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिन कुमारी लुन्गेली मगर, रञ्जित लामा, सुबाश बम, विज्ञान खड्का
फरवार्ड : पवन पाख्रिन, धरब्रेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ