भारतको रक्षा मन्त्रालयको निर्देशन -अनुमतिबिना सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्नू

भारतको रक्षा मन्त्रालयको निर्देशन -अनुमतिबिना सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्नू

काठमाडौं । पाकिस्तानबीचको बढ्दो तनावका बीच रक्षा मन्त्रालयले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न निर्देशन दिएको छ । मन्त्रालयले संवेदनशील जानकारी समयभन्दा पहिले सार्वजनिक हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको सुरक्षामा खतरा पैदा हुने चेतावनी दिएको हो ।

कारगिल युद्ध, मुम्बई हमला (२००८) र कन्दार अपहरण (१९९९) जस्ता घटनामा अनियन्त्रित रिपोर्टिङबाट समस्या उत्पन्न भएको उदाहरण दिँदै मन्त्रालयले आतंकवाद विरोधी अभियानका बेला केवल आधिकारिक स्रोतबाट आएको जानकारी मात्र प्रकाशितरप्रसारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।

‘राष्ट्रको सेवामा जिम्मेवार पत्रकारिताको उच्चतम मानक अपनाउन सबैलाई आग्रह छ,’ मन्त्रालयले भनेको छ । सुरक्षा कारबाहीबारे आधिकारिक पुष्टि नभएसम्म जानकारी गोप्य राख्न पनि मन्त्रालयले आग्रह गरेको छ । 

खबरपाटी
खबरपाटी