राजावादीहरु एकै ठाउँ, गणतन्त्र दिवसको दिनदेखि आन्दोलन थाल्ने घोषणा

राजावादीहरु एकै ठाउँ, गणतन्त्र दिवसको दिनदेखि आन्दोलन थाल्ने घोषणा

काठमाडौं । राजतन्त्रवादी समूहले आगामी जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । उनीहरुले गणतन्त्र दिवसका दिन देशमा राजतन्त्र फर्काउने आन्दोलन घोषणा गरेका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजावादीहरुको जनआन्दोलन परिचालन समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिको नेतृत्व नवराज सुवेदीले गरिरहेका छन्।


२०७२ सालको संविधान र दल आधारित व्यवस्थाका कारण देश असफलतातर्फ उन्मुख भएको निष्कर्ष समितिले निकालेको छ । कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा लगायत राजसंस्था पुनःस्थापनाका पक्षमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।


यसअघि चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा तीनकुने क्षेत्र हिंसात्मक भएको थियो ।

खबरपाटी
खबरपाटी