संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू

नीति तथा कार्यक्रममाथि छलफल

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा आजदेखि आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने कार्यसूची रहेको छ। यसका लागि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको  छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय सचिवालयले जनाएको छ।

खबरपाटी
खबरपाटी