काठमाडौं । ललितपुरको सातदोबाटो(हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्।
ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ स् १० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। गोदावरी नगरपालिका ३ का विशाल विक गम्भीर घाइते छन्। उनको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक यमबहादुर भुजेलले जानकारी दिए।
यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका(३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको उपचार पनि पाटन अस्पतालमा भइरहेको भुजेलले बताए। कार चालक रूपक सापकोटाको अवस्था भने सामान्य छ।
ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो।
प्रहरीका अनुसार चलकले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो। दुर्घटनापछि उनले नै प्रहरीलाई खबर गरेको भुजेलले जानकारी दिए।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणको सहयोगमा पोल हटाइँदैछ।