‘नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन’-डा. बाबुराम भट्टराई

‘नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन’-डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् ।

भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएको स्पष्ट पारेका हुन् ।

अन्तर्वार्तामा भट्टराईले नेपालमा लोकतान्त्रिक प्रक्रिया कमजोर हुने कुनै सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली सरकारप्रति हो, लोकतन्त्रप्रति होइन ।’

‘नेपाल अहिले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड भन्ने तीन नेताको चक्रमा फसेको छ। आर्थिक विकास निकै सुस्त भएको कारण युवाहरू निराश छन्। जनताले परिवर्तन खोजिरहेका छन्, त्यसैले हामी नयाँ मोर्चा गठन गर्दैछौं,’ भट्टराईको भनाइ उद्धृत गर्दै द हिन्दूले लेखेको छ ।

खबरपाटी
खबरपाटी