प्रधानन्यायाधीश राउत बेलायत जाँदै

प्रधानन्यायाधीश राउत बेलायत जाँदै

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज (आइतबार) बेलायत जाँदैछन् । १० दिने भ्रमणका लागि राउत आज प्रस्थान गर्दैछन् । उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन् । यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहने जनाइएको छ ।

यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा निस्कन लागेका थिए । पहिला टर्की जाने र त्यसपछि बेलायतको भ्रमण गर्ने उनको तालिका थियो । तर टर्कीको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । टर्कीमा भूकम्प गएका कारण उनको भ्रमण रद्द भएको भनिए पनि सर्वोच्चले आधिकारिक जानकारी भने केही सार्वजनिक गरेको छैन ।

खबरपाटी
खबरपाटी